आर्थिक मामिला तथा सुशासनसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन; विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

Advertisement

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद् भवनमा बिहान ११ बजे बस्दैछ ।

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारवाहीलगायतका विषयमा छलफल हुने कार्यसूची छ । 

त्यसैगरी, विधायन व्यवस्थापनको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल गरिने भएको छ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा १२ बजे बस्नेछ । 

 बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

Advertisement

Advertisement