ह्यातले नेपालमा आफ्नो ब्रान्डको विस्तार लागि ‘ह्यात रिजेन्सी लुम्बिनी’ खोल्ने

Advertisement

काठमाडौं । ह्यातले नेपालमा आफ्नो ब्रान्डको विस्तार लागि ‘ह्यात रिजेन्सी लुम्बिनी खोल्ने तयारी गरेको छ । यो १७५ कोठाहरूको होटल नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ । 

गोल्यान समूहसँगको दोस्रो होटलको रूपमा परिचित रहने ह्यात रिजेन्सी लुम्बिनी खोल्न हायात होटल्स कर्पोरेसनको एक संस्थाले गोल्यान ग्रुपको एउटा हिस्सा रहेको वेदा होस्पिटालिटी प्राइभेट लिमिटेडसँग व्यवस्थापन सम्झौता गरेको छ । 

Advertisement

यो होटल नेपालमा चौथो ह्यात ब्रान्ड भएको होटल हुनेछ, जसले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थान रहेको पुष्टि हुने गोल्याण समूहले जनाएको छ । 

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, शान्त र आध्यात्मिक महत्व बोकेको नगर हो ।  लुम्बिनीले संसारभरका यात्रुहरुलाई आकर्षण गर्दछ ।  विश्व सम्पदा सूचीमा सुचीकृत रहेको लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा पनि हो जसमा अशोक स्तम्भ, विभिन्न गुम्बा र अन्तर्राष्ट्रिय मन्दिरहरू रहेका छन्, यसले विश्वभरका बौद्ध परम्पराहरूलाई प्रतिबिम्बित गर्दै सांस्कृतिक प्ररम्परालाई आदानप्रदान गर्न प्रोत्साहन गर्दछ ।

दानो नदीको किनारमा रहने ‘ह्यातरेजेन्सी लुम्बिनी धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमै हुने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल शहर र नेपाल–भारत सीमाको नजिक ह्यात रेजेन्सी लुम्बिनी अवस्थित रहेने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउन महत्वपूण योगदान गर्ने गोल्याण समूहको विश्वास छ । 

ह्यात रिजेन्सी लुम्बिनी २०२८ सम्ममा खुल्ने अपेक्षा गरिएको छ । हायातका भारत र दक्षिण पश्चिम हेर्ने उपाध्यक्ष ध्रुवा राठौर भन्छन्– नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी ह्यात रेजेन्सी ब्रान्डसँग लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौं । लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक, यसलाई समृद्ध तुल्याउन ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ ।

गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भन्छन– ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो ह्यात रेजेन्सी ब्रान्डको होटलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं । हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ । 

ह्यात रिजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएको जनाउँदै सो समूहल आगामी दिनमा नेपालमा स्थापित हुने हायात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रणसहितका हुने स्पष् पारेको छ । एघार एकड जमिनमा फैलिने लुम्बिनी ह्यात रिजेन्सीमा सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरू, अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी, र अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

ह्यातको वर्तमान पोर्टफोलियो भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र  नेपालमा २ रहेको छ ।

Advertisement

Advertisement