सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल

Advertisement

काठमाडौं । सरकारले सडक विभागको महानिर्देशको जिम्मेवारी हेरफेर गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनले आज (बिहीबार) पदभार ग्रहण गर्नेछन् । 

Advertisement

यसअघि महानिर्देशक रहेका सुशील बाबु ढकाललाई मन्त्रालयमा तानेर योजना महाशाखाको जिम्मेवारी दिइएको छ।

यसैगरी, मन्त्रालयले रेलवे विभागको महानिर्देशकमा अजय मूललाई नियुक्त गरेको छ । 

गत जेठ ३ गतेदेखि विभागका महानिर्देशक राहित विसुराल अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा मूललाई नियुक्त गरिएको हो ।

Advertisement

Advertisement