अमेरिकाद्धारा १९ भारतीय कम्पनीहरुमाथि प्रतिवन्ध, कारण यस्तो छ–

Advertisement

काठमाडौं । युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब चार सय कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको कुरा बीबीसीले उल्लेख गरेको छ । 

Advertisement

अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नुको हत्या षड्यन्त्रमा एक भारतीयको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला अमेरिकाले यस्तो कदम चालेको हो । अमेरिकाले भारतीय कम्पनीसहित विश्वभरका चार सय कम्पनी तथा व्यक्तिमाथि यस्तो प्रतिवन्ध लगाएको छ । उनीहरुमाथि युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाएको आरोप लगाइएको छ । अमेरिकासहित पश्चिमा गठवन्धनले युक्रेनलाई साथ दिँदै आएका छन् । 

यस्तो प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका कम्पनी तथा व्यक्तिहरु छन् । अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् ।

त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरिकल कन्ट्रोल लगायतका सामान रहेको बीबीसीले उल्लेख गरेको छ । ती सामानको पहिचान आफ्नो वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै यूके, जापान र युरोपेली सङ्घले गरेको अमेरिकी भनाई छ । अमेरिकाले भारतीय कम्पनीहरूमाथि यसअघि पनि प्रतिबन्ध लगाएको थियो । यसअघि भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनीलाई अमेरिकाले प्रतिवन्ध लगाएको थियो । 

अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं शेएरधनी हुन् । 

युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६ हजार पाँच सय भन्दा बढी प्रतिबन्ध लगाएका छन् । ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ ।

भारतको रुससँगको नजिकको लामो समयदेखिको सम्वन्ध रहदै आएको छ । नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि अमेरिकासँग भारतको सम्वन्ध झन चिसिएको छ । 

Advertisement

Advertisement