नेपालकै सबैभन्दा ठूलो पर्यटन मेला भोलिदेखि भृकुटीमण्डपमा

Advertisement

काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी अहिलेसम्मकै ठूलो मेला भोलि (शुक्रबार)बाट सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवं पर्यटनसम्वन्धी संघसंस्थासँगको सहकार्यमा हुने मेला दुई दिनसम्म चल्ने छ । 

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’को आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो । भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । 

Advertisement

मेलाले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, दामन दूर ट्रेकिङ (माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ पर्यटन प्रबर्द्धनको योजना बनाइएको छ । यसमा १६ वेग, १५० विक्रेता, २५० क्रेता तथा एक हजार भन्दा बढि आगन्तुकको सहभागिता रहने अनुमान गरिएको छ । यस्तै एक्सपोमा विहार टुरिजम, टुरिजम मलेशियाको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

पर्यटन व्यवसायीबीचको सहकार्यलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेल्ने मेलाले अन्तर्राष्ट्रिय पर्यटन साञ्जाल तथा व्यापारको व्यापक विस्तारमा सहयोग पुग्ने आशा लिइएको छ । 

Advertisement

Advertisement