प्राधिकरणले गर्यो थाइ एयर एसियाको निलम्बन फुकुवा

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ कात्तिकबाट साताको २ वटा उडान गर्ने शर्तमा काठमाडौं विमानस्थलमा समेत उडान गर्न पाउने गरी प्रतिवन्ध फुकुवा गरेको हो । 

Advertisement

यही ११ कात्तिकदेखि सुरु भएको विन्टर सिजनको लागि अनुमति नै नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थाइ एयर एसियाको उडान अनुमति प्राधिकरणले निलम्बन गरेको थियो ।

Advertisement

Advertisement