दुवै खुट्टा गुमाएका बुढामगर उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहण गर्दै
फाइल तस्बिर

Advertisement

काठमाडौं । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूपू गोर्खा सैनिक हरिबहादुर बुढा मगरले उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहण गर्ने भएका छन् । डेनाली हिमालको आरोहण गर्न अमेरिका पुगेका उनले कर्पोरेट नेपालसगँ भने । 

गत वर्षको वसन्त ऋतृमा सगरमाथाको सफल आरोहण गरेका मगर यसपटक भने डेनाली हिमालको आरोहण गर्न लागेको उनले बताए । सेभेन समिट (सातै महादेशका शिखरहरु आरोहण) गर्ने मगरको योजना रहेको छ । रोल्पामा जन्मेका उनले घुँडामाथि सम्म खुट्टा गुमाएका व्यक्तिले पहिलो विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरे । कृत्रिम खुट्टाको सहयोगमा मगरले सगरमाथा आरोहण गरेका थिए । 

Advertisement

कृतिम खुट्टाको बलमा सगरमाथा चढ्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि बुढामगरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगी कीर्तिमान कायम गरेका थिए । अफगानिस्तानको लडाइँमा घुँडाभन्दा माथिसम्म दुवै खुट्टा गुमाएका उनले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि गरेका थिए । यसबाहेक उनले विश्वका थुप्रै हिमाल आरोहण गरिसकेका छन् ।

Advertisement

Advertisement