नेपाललाई नवाैं सफलता, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले लिए १००औँ विकेट

Advertisement

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा सन्दीप लामिछानेको टी– ट्वान्टी आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । 

वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टि ट्वान्टी विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टि ट्वान्टीमा सयौं विकेट पूरा गरेका हुन् ।

Advertisement

१६औँ ओभर बलिङमा आएका सन्दीपले तेस्रो बलमा विकेट लिएका हुन् । उनले बंगलादेशका जाकेर अलीलाई बोल्ड गरे । 

टि ट्वान्टी आईमा यो सन्दीपको ५४ औं खेल हो । टी– ट्वान्टी आईमा सयौं विकेट पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए । 

दक्षिण अफ्रिकाविरुद्ध खेलेपनि त्यसमा भने उनी विकेटविहीन रहेका थिए । उनले त्यो खेलमा ४ ओभरमा १८ रन खर्चेका थिए ।

 त्यस्तै, १८औँ ओभर बलिङमा आएका दीपेन्द्रले पहिलो बलमा विकेट लिएका हुन् । उनले रिसाद हुसैनलाई अनिलकुमार साहबाट क्याच गराए ।

यतिबेला बंगलादेश १९ ओभरमा ९ विकेट गुमाउँदै ९० रनमा खेलिरहेको छ । 

Advertisement

Advertisement