काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २२३ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरी पदस्थापन गरेको छ ।
कार्यालयले असार ३२ गतेको बसेको बैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरेको हो ।
साथै, बढुवा भएका सहायक हवल्दारहरुलाई प्रचलित नियमबमोजिम तलब, भत्ता तथा राशससमेत हाल पदस्थापन भएको दरबन्दीबाटै पाउने गरी पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।