चतुर तामाङद्वारा ‘माउन्ट एल्ब्रस’ १४६औं पटक सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले माउन्ट एल्ब्रसको सफल आरोहण गरेका छन् । 

उनले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ को गएको शुक्रबारका दिन रुसको समय अनुसार बिहान ८ बजे १४६औं पटक आरोहण गरेको कर्पोरेट नेपाललाई जानकारी दिए । 

Advertisement

५,६४२ मिटर उचाइमा रहेको माउन्ट एल्ब्रसको १४६ औं पटक सफल आरोहण गरेका तामाङले दुई सय पटक चढ्ने लक्ष्य लिएका छन् । त्यस्तै, लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका उनले सन् २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । 

उनले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चोयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरेका छन् ।
 

Advertisement

Advertisement