किसानद्वारा दूधको भुक्तानी माग गर्दै विरोध प्रदर्शन, ३४ जना पक्राउ

Advertisement

काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दूग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । 

दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार उनीहरूले दूग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौर घेराउ गरेका हुन् ।

Advertisement

उनीहरूले दूग्ध उत्पादक कृषकहरूले दूग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनका क्रममा ३४ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । 

भुक्तानीलगायत विभिन्न मागसहित पटक–पटक गरेको सम्झौता तथा सहमतिसमेत कार्यान्वन नभएको उनीहरूको गुनासो छ । 

Advertisement

Advertisement