काठमाडौं । नेपाल ल्याब हाउस प्रालिले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा ल्याएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, वरिष्ठ छातीरोग विशेषज्ञ प्राडा सुवोधसागर ढकाल र नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा विदुरप्रसाद वस्तीले संयुक्त रूपमा उक्त सेन्टरको शुभारम्भ गरेका हुन् ।
प्राडा ढकालले कार्डियो पल्मोनरी सेन्टर सञ्चालनमा आएसँगै निद्रामा घुर्नेदेखि अन्य मुटु तथा फोक्सोको समस्याको पहिचान र उपचार एउटै छानामुनि एकीकृत रुपमा पाइने बताए ।