साढे १४ खर्ब भित्रियो रेमिट्यान्स, बैदेशिक रोजगारीका लागि साढे ४ लाख बढीले लिए श्रम स्वीकृति

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु.१४४५ अर्ब ३२ करोड पुगेको उल्लेख छ ।

Advertisement

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या
४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः
४९७,७०४ र २७७,२७२ रहेको थियो ।

त्यस्तै समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु.१५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement