काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विभिन्न शेयधरनीको नाममा रहेको कुल १ लाख १५ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता १४५ रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल नारायणचौर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीले नकिनेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।