काठमाडौं । सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज (भदौ ६) अन्तिम दिन रहेको छ ।
यी दुवै फन्डले नगद लाभांश वितरण गर्न शुक्रबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन् ।
आजसम्म लाभांश सुरक्षित गर्ने शेयरधनीले मात्रै फन्डले वितरण गर्ने लाभांश पाउनेछन् ।
गत वर्षको नाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्दैछन् ।
यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल छ भने लक्ष्मी सनराइज बैंकले प्रवर्द्धन गरेको छ ।