विद्युत् बक्यौताबारे निर्णय गर्न सार्वजनिक लेखा समिति बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दैछ । 

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । 

Advertisement

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने कार्यसूची छ । 

त्यस्तै, त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । 

सोही बैठकमा संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने) प्रतिवेदन, २०७१ ले बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नेछ । 

त्यसैगरी, पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रालिको निवेदन उपर छल‌फल हुनेछ । 
बैठक साढे ११ बजे बस्नेछ ।

त्यसैगरी, बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा विधायन सम्बन्धमा व्यवस्थापन गर्ने बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरुको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका विविध विषयमा छलफल हुनेछ । 

दिउँसो १ बजे नै सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा विद्युत् बक्यौताबारे छलफल हुनेछ । 

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलसम्बन्धी कागजपत्र बुझाएको १८औं दिनमा आज बैठक बस्ने लागेको हो । यही बैठकले बक्यौता महसुलसम्बन्धी निर्णय लिनेछ । 


 

Advertisement

Advertisement