काठमाडौं । शेयर बजारमा आज पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७९.८८ अंकले घटेको हो । २.६८ प्रतिशतले बजार घट्दा नेप्से २८९४.५७ अंकमा ओर्लिएको छ ।
बजारमा करेक्शन देखिंदा लघुवित्तबाहेक बाँकी समूह राताम्मे भएका छन् । लघुवित्त भने १.०८ प्रतिशतले बढेको छ ।
आज ३३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ बराबरको कारोबार भएको हो ।
आज वीन नेपाल लघुुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मन्दाकिनी हाइड्रो र केबीएल डिबेञ्चर २०८६ का लगानीकर्ताहरुले क्रमशः ९.९१ र ९.०९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अपि पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८४ करोड ६८ लाख १७ हजार ३ सय ४७.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।