काठमाडौं । कुमारी बैंक र बाँसबारी, काठमाडौंस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरबाटबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले सेवा प्रदान गर्दै आएको जनाएको छ ।