स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Advertisement

काठमाडौं ।स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  

यसैक्रममा कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/- को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

Advertisement

उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुुस १४ मा दर्ता भई २०८० भदौ ०१ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

Advertisement

Advertisement