कुमारी धनवृद्धि योजना र इक्विटी फण्डको बुक क्लोज मिति तय

Advertisement

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय भएको छ ।

गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गर्ने कुमारी क्यापिटलले जनाएको छ ।

Advertisement

भदौ १८ गतेसम्म कायम रहेका इकाइधनीले मात्रै लाभांश पाउनेछन् ।

यी म्युचुअल फन्डका इकाइधनीहरूलाई गत आर्थिक वर्षका लागि समान ९.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने क्यापिटलले जनाएको छ ।

 

Advertisement

Advertisement