महोत्तरी र पाल्पाका दुई शाखा कार्यालय बन्द गर्दै सूर्यज्योति लाइफ

Advertisement

 काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीले चालू अवस्थामा रहेका दुई शाखा बन्द गर्ने निर्णय गरेको छ । 

कम्पनीले रामगोपालपुर नगरपालिका वडा नम्बर ५, महोत्तरीमा रहेको रामगोपालपुर शाखा र तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको तानसेन शाखा बन्द गर्न लागेको हो । 

Advertisement

यी दुवै कार्यालय असोज १ गतेदेखि बन्द हुनेछन् । 

बन्द भएपछि रामगोलापुर शाखाबाट प्रवाह हुँदै आएको सेवा जलेश्वर नगरपालिका वडा नं. २ स्थित जलेश्वर शाखाबाट हुनेछ ।  

त्यस्तै,  तानसेन शाखा भने तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको पाल्पा सिलखन टोलस्थित कम्पनीको शाखा रहेको भवनबाट पाल्पा शाखाको नामबाट सेवा प्रवाह हुनेछ । 

Advertisement

Advertisement