सवारीसाधनको प्रदर्शनीदेखि, शेयर बजारसम्म हेर्नुस, अर्थतन्त्र चलायमान हुँदैछः गभर्नर अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताएका छन् । 

आज आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजन) को २६औँ वार्षिक साधारणसभामा उनले यस्तो कुरा बताएका हुन् । 

Advertisement

“बाह्य क्षेत्र सहज छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  छ । अटोमोबाइल र पूँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ”, गभर्नर अधिकारीले भने, “चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौँ ।” 
 

Advertisement

Advertisement