काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा आज (भदौ १७) बस्दैछ ।
सभा भर्चुअल माध्यम (जुम) मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ ।
बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पेस गर्न लागेको हो ।
सभा प्रयोजनका लागि नबिलले भदौ ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा सहभागिता जनाउन सक्नेछन् ।