काठमाडौं । स्वरोजगार लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेका २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
प्रतिकित्ता रु ३५० तोकिएको यो शेयर हाललाई लघुवित्तका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बोलकबोलमार्फत बिक्री हुने यो शेयरमा बढी मूल्यलाई प्राथमिकता दिइने लघुवित्तको भनाइ छ ।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–५ काभ्रेपलान्चोकस्थित प्रशासन शाखामा लिखित निवेदन दिनुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।