गत महिना ७२ हजार ७ सय पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । अगस्ट महिनामा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् भने ७१ हजार ९०४ पर्यटक बाहिरिएका छन् । 

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

Advertisement

सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएको बोर्डद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतबाट २५ हजार ८ सय ३२, अमेरिकाबाट ५ हजार ६ सय १४, चीनबाट ६ हजार ६ सय १४, बंगलादेशबाट ३ हजार ७७, बेलायत (युके) बाट २ हजार ७ सय ६४, अष्ट्रेलियाबाट एक हजार ७ सय ६३, भुटानबाट एक हजार ७४, मलेसियाबाट एक हजार २ सय ८७, जापानबाट एक हजार ८ सय ८१ र दक्षिण कोरियाबाट १ हजार ६ सय २ जना पर्यटक नेपाल भित्रिएका छन् ।   

नेपालमा भित्रिने अमेरिकी र युरोपेली पर्यटकको संख्या भने घटेको छ । हवाई र बाटोको सुरक्षा कारण नेपालमा भित्रिने पर्यटनको संख्यामा घटेको हो ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार हवाई र बाटोको सुरक्षा कारण नेपालमा भित्रिने अमेरिकी र युरोपेली पर्यटकको संख्यामा घटेको हो ।

यी पाँच देशबाट बढी आए पर्यटक
१. भारतबाट २५ हजार ८३
२. चीनबाट ६ हजार ६ सय १४
३. अमेरिकाबाट ५ हजार ६ सय १४
४. श्रीलंका ४ हजार ८ सय ५१ 
५. बंगलादेश ३ हजार ७७

कुन देशबाट कति आए  ? 

undefined

Advertisement

Advertisement