बजेट आउने, कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्छः उपसभापति वाग्ले

Advertisement

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले बजेट विनियोजन हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य हुनुपर्ने बताएका छन् ।  

तनहुँको बन्दीपुरमा जारी तीज गीत सप्ताहन्न उत्सवको तेस्रो दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा वाग्लेले तनहुँ क्षेत्र नम्बर १ मा विकास निर्माणका लागि रु एक अर्ब ६० करोड बजेट आएको उल्लेख गरे ।  

Advertisement

तनहुँ क्षेत्र नम्बर १ का सांसद रहनुभएका वाग्लेले भने,  “जनताले तिरेको करलाई नै जिल्लाको विकास निर्माणमा पठाइएको हो । यो कसैले खल्तीबाट दिने होइन । यो क्षेत्रमा ठूलो बजेट आएको छ । अब हाम्रो जिम्मेवारी यसलाई कार्यान्वयनमा लैजाने हुनुपर्छ ।”

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा त्रिभुज आयोजनाका लागि रु दुई सय करोडको आयोजना सञ्चालन हुन लागे पनि सरकार परिवर्तन भएकाले के हुन्छ अहिल्यै भन्न नसकिने वाग्लेको भनाइ थियो । डा वाग्लेले सदनमा जनताका मुद्दा, सुशासनका कुरा, विकास निर्माणका सवाल उठाइरहेको उल्लेख गरे । उनले भने, “गर्व गर्न लायक सांसद बन्छु भनेर प्रतिबद्धता जनाएको थिएँ, त्यही अभियानमा निरन्तर लागेको छु ।”
 

Advertisement

Advertisement