कुमारी बैंकका ग्राहकलाई काठमाडौं नेत्रालयमा विशेष छुट दिने सम्झौता

Advertisement

काठमाडौं । कुमारी बैंक र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकहरुलाई सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श–जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।  

Advertisement

Advertisement