एभरेष्ट बैंकले घोषणा गर्यो १५.५३ प्रतिशत लाभांश, नगद र बोनस कति ?

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेश चापागाईंले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८ सय ८० रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement