महासंघद्वारा रु. ३ लाखसहित पारा ओलम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । 

महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको हो । गोवर्द्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

Advertisement

सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवद्र्धन, प्रशिक्षक र म्यानेजरलाई वधाइ ज्ञापन गर्नु हुँदै यसरी सम्मान गर्न पाउदा खुशी लागेको वताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवद्र्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । 

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गर्नुभएको छ । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

undefined

गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने बताइन् । महिलाहरूको ५७ के.जी. के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी थिइन् । 

पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजय नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघ नेपालका निजी क्षेत्रलाई
प्रतिनिधित्व गर्ने गैह्र नाफामूलक संस्था हो ।

Advertisement

Advertisement