फेरि सिमलतालमै दुर्घटना, तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

Advertisement

चितवन । खानेतेल बोकेर सिमराबाट काठमाडौं गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । 

ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । 

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए । 

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसका ६२ जना यात्रुहरुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

Advertisement

Advertisement