काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
लुघवित्तले संस्थापक शेयरधनीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
लुघवित्तका कायम संस्थापक शेयरधनीले मात्र किन्न पाउने यो शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।
आवेदन दिँदा लुघवित्तको कर्पोरेट कार्यालय सितापाइला, काठमाडौंमा के कति कित्ता शेयर कुन मूल्यमा किन्ने हो सोको व्यहोरासमेत खुलाउनुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीले उक्त शेयर नकिनेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने लुघवित्तले जनाएको छ ।