यसपालिको दशैं आमा र छोरासँगै मनाउने हो : पर्वातारोही शेर्पा

Advertisement

काठमाडौं । पर्यटन व्यासायी एवंम् पर्वतारोही लाक्पा फुटी शेर्पाले यसपालिको दशैं परिवारसँगै मनाउन योजनामा छिन् । दशैंको लामो विदा तथा फुर्सदको समयमा आफु एक्लै विदेशीतिर घुम्न जाने भन्दापनि यसपटक आमा, छोरालाई समेत साथमा नै लिएर कतै घुम्न जाने योजनामा आफु रहेको शेर्पाले कर्पोरेट नेपालसँग बताइन् । 

‘दशैं भन्ने वित्तिकै खानपान, रमाइलो, घुमघाम त भइहाल्छ । आफु एक्लै कतै जाने भन्दा पनि खास यो पटकको दशैं आफ्नै परिवारसँग मनाउने योजनामा छु । घर–परिवार, साथीभाइहरुसँग रमाइलो गर्दै यो वर्षको दशैं स्वदेशमा नै मनाइन्छ’ उनले भनिन् । बचेको समय आफ्नो व्यवासय प्रवद्र्धनमा लाग्ने उनले बताइन् । 

Advertisement

उसो त सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेकी पर्यटन व्यवसायी शेर्पा अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबमा समेत आवद्ध छिन् । अघिल्लो वर्ष सामाजिक कार्यमा सक्रिय हुँदा खासै दशैं मनाउन नपाएको उनले बताइन् । तर, यो वर्ष रमाइलोसँग मनाउने योजनामा रहेको उनले बताइन् । 
‘यो वर्ष आमा र परिवारसँगै समय बिताउने हो । अरु बेला काम, व्यवसाय भन्दाभन्दा फुस्सद नै हुँदैन । तर यो वर्ष राम्रो सदुपयोग गर्ने हो’ उनले भनिन् ।

यसपालि दशैंको मुखमै आएको बाढी पहिरोको विपत्तिले देश पीडामा छ । २४० भन्दा बढीको ज्यान जाने गरी आएको विनासकारी प्राकृतिक विपत्तिले दशैं नै खल्लो बनाएको छ । यस्तो घटनाले आफु निकै दुखी रहेको शेर्पाले सुनाइन् । आफु पछिल्लो समय व्यवसाय छाडेर पीडितहरुको सेवामा लागिरहेको समेत उनले बताइन् । 

Advertisement

Advertisement