सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर घटायो

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत र संस्थागततर्फ ब्याजदर घटाएको छ । 

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने जनाएको छ ।

Advertisement

यसअघि असोजमा भने बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत  ब्याजदर तोकेको थियो भने भदौमा पनि यही ब्याजदर कायम थियो । 

त्यसैगरी, बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

बैंकको कर्जाको ब्याजदर पनि घटेको छ । असोजमा ७.९३ प्रतिशत रहेको आधारदर ७.७४ मा सीमित भएको छ । 

Advertisement

Advertisement