काठमाडौं । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा दुई अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बुधबार प्रकाशित बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको देखिए पनि ब्याज अम्दानी भने घटेको छ ।
बैंकले समीक्षा अवधिमा दुई अर्ब पाँच करोड ६५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । अघि वर्ष बैंकले जम्मा एक अर्ब ४६ करोड रुपियाँ नाफा कमाएको थियो ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३६.०९ प्रतिशतले सञ्चालन नाफा बढाएको नविलको ब्याज आम्दानी शुन्य दशमलव ८१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) १.४२ प्रतिशत रहेको छ ।
कुल २७ अर्ब ५ करोड ६९ लाख रुपियाँ चुक्ता पुँजी रहेको नविलको जगेडा कोषमा ३० अर्ब पाँच करोड रुपियाँ रहेको छ । पहिलो त्रैमासम्मको आर्थिक स्थितिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपियाँ ५२ पैसाले बढेर २९ रुपियाँ ८३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २२९.४८ रुपियाँ पुगेको छ । नविलको कारोबारमा थुप्रै बेथिति र अनियमितता देखिएपछि पछिल्लो समयमा नेपाल राष्ट्र बैंकमा अनुसन्धान भइरहेको छ ।