पहिलो त्रैमासमा बैंकहरुले तिर्ने आयकर साढे पाँच अर्ब, पहिलो नम्बरमा नविल

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा बाणिज्य बैंकहरुले आफ्नो नाफाबाट सरकारलाई पाँच अर्ब ४१ करोड ३५ लाख रुपियाँ आयकर तिर्ने देखिएको छ । 

उनीहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो बराबरको आयकर अब बैंकहरुले अग्रिम रुपमा तिर्नेछ्न । आर्थिक बर्ष सकिएपछि लेखा परीक्षणको अन्तिम प्रतिवेदनका आधारमा यसको हिसाव मिलान गरिनेछ । 
 
बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । समीक्षा अवधीमा उनीहरुको कुल नाफा २२ अर्ब ८६ करोड १५ लाख रुपियाँ छ । त्यसबाट बैंकले साँढे पाँच अर्ब हारीहारीमा आयकर तिर्नुपर्ने देखिन्छ । 

Advertisement

आयकर तिर्ने रकम छुट्टाएपछि बैंकहरुको खुद नाफा १६ अर्ब १८ करोड ९३ लाख रुपियाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकहरुले तिर्नुपर्ने आयकर चार अर्ब ६४ करोड ९६ लाख रुपियाँ देखिएको थियो । चालु आवमा त्यो १६.४३ प्रतिशतले बढेर साँढे पाँच अर्ब हारहारीमा पुगेको हो । गत आवभरमा भने बैंकहरुले २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ आयकर तिरेका थिए । नाफा रकम बढेपछि बैंकहरुले तिर्ने कर पनि बढेको देखिन्छ । 

समीक्षा अवधीमा नविल बैंकले सबैभन्दा धेरै आयकर तिर्नेछ । तथ्यांकअनुसार उक्त बैंकले ७७ करोड ९५ लाख र रुपियाँ कर तिर्नुपर्ने देखिन्छ । दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक देखिएको छ, उक्त बैंकले समीक्षा अवधीको नाफाबाट ६३ करोड ५७ लाख १३ हजार रुपैयाँ आयकर तिर्नेछ ।

धेरै कर तिर्ने मामिलामा तेस्रो स्थानमा भने प्राइम कमर्सियल बैंक रहेको छ । उक्त बैंकले ५४ करोड १५ लाख ३१  हजार रुपियाँ आयकर तिर्नुपर्नेछ ।
यसैगरि एनएमबिले ४९ करोड १७ लाख, एभरेष्टले ४८ करोड ३३ लाख, कुमारीले ४७ करोड ८५ लाख, नेपाल एसबिआईले ३९ करोड ९२ लाख र स्ट्यान्डर्ड चार्टर्डले ३६ करोड ९५ लाख रुपियाँ आयकर तिर्नेछन् ।  

यसैगरि प्रभुले ३६ करोड २६ लाख, हिमालयनले ३१ करोड २० लाख, लक्ष्मी सनराइजले २३ करोड १६ लाख, माछापुच्छ्रेले २१ करोड ५६ लाख, सानिमाले १७ करोड ४५ लाख र सिद्धार्थले १६ करोड ७१ लाख, कृषि विकास बैंकले १० करोड ७३ लाख, सिटिजन्सले नौ करोड १९ लाख, नेपाल बैंकले आठ करोड ८३ लाख, राष्ट्रिय बाणिज्य बैंकले छ करोड ४८ लाख र एनआईसी एसियाले चार करोड ७३ लाख रुपियाँ आयकर तिर्नेछन् । 

Advertisement

Advertisement