टेक्नोका स्पार्क थटी स्मार्टफोन सार्वजनिक

Advertisement

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो ।

स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी क्यामेरा, शक्तिशाली मिडियाटेक हिलियो जी ९१ प्रोसेसर, १६ जीबीसम्मको र्याम८ र २५६ जीबी स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडी कार्ड प्रयोग गरी थप विस्तार गर्न सकिन्छ । ५००० एमएएच ब्याट्री क्षमता भएको र १८ वाट फास्ट चार्जिङ सुविधा भएको यस फोनले लामो समयसम्म टिकाउ पर्फमेन्स दिनेछ। साथै, १००० भन्दा बढी चार्ज साइकल सुनिश्चित गर्ने टिकाउ ब्याट्री यसमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

बम्बलबी एडिसनको आकर्षक डिजाइनले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ।  यसको आइपी ६४ धुलो र पानी प्रतिरोध क्षमता फोनलाई टिकाउ र भरपर्दो बनाउँछ । फोनमा इन्फ्रारेड रिमोट कन्ट्रोल सुविधा समेत रहेको छ, जसले यसलाई युनिभर्सल रिमोटको रूपमा प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार फोनमा डबल सिमेट्रिकल स्पिकर सुविधा भएकोले गेमिङ, स्ट्रिमिङ वा संगीत सुन्दासमेत उच्च गुणस्तरको अडियो अनुभव प्रदान गर्दछ । साथै, ५ वर्षको लामो समयसम्म कुनै ल्यागबिना प्रयोगको सुनिश्चितता दिने यो फोन अन्य प्रतिस्पर्धी मोडेलहरूको तुलनामा उत्कृष्ट छ ।

नेपाली बजारमा स्पार्क थटी (८ प्लस२५६ जीबी) बम्बलबी एडिसनको मूल्य रु २२ हजार ९९० राखिएको छ भने स्पार्कथटी मोडेलको मूल्य रु २२ हजार ४९० रहेको कम्पनीले जनाएको छ ।

टेक्नो ब्रान्ड हाल ७० भन्दा बढी देशमा कार्यरत रहेको छ ।  ‘स्टप एट नथिङ’ नारासहित कम्पनीले आफ्नो उत्पादनहरूको उत्कृष्टता र नयाँ प्रविधिको विकासमा निरन्तर अग्रसर रहेको छ ।

Advertisement

Advertisement