काठमाडांै । लेमिनार टायल्सको उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएलओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणिकरण हासिल गरेको छ ।
नेपालको सबैभन्दा पहिलो र एकमात्र सय प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केही हप्तामै आईएलओ प्रमाणपत्र प्राप्त गर्ने आफूहरु नेपालकै सम्भवतः पहिलो कम्पनी बन्न सफल भएको छ लुम्बिनी सेरामिक्सको भनाई छ ।
कम्पनीले गुणस्तरीय ब्यवस्थापन प्रणालीको लागि आईएलओ ९००१ः२०१५, वातावरणीय ब्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१ः२०१५ र ब्यवसायिक स्वास्थ्य र सुरक्षा ब्यवस्थापन प्रणालीको लागि आइएसओ ४५००१ः२०१८ गरी तीनवटा विधाहरुमा प्रमाणपत्र पाएको जानकारी दिएको छ ।
बलियो र चुस्त ब्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तर्राष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरुलाई अंगिकार गरी नेपाललाई विश्वब्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उद्देश्यले यस उद्योगको स्थापना भएको लुम्बिनी सेरामिक्स् लिमिटेडको भनाई छ ।
अन्तर्राष्ट्रिय मान्यता बोकेको आईएलओ प्रमाणिकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवन्ध निर्देशक आशुतोष खेतान भन्छन्, ‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ ।’
उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय मापदण्डहरुलाई पछ्याउने मात्रै नभई कम्पनीले सोभन्दा माथिका मापदण्डहरु कायम समेत गर्ने जानकारी दिए । बर्दियाको गुलरियास्थित साँढे १२ बिगाहा जमिनमा फैलिएको यूरोपेली गुणस्तरको प्रविधियुक्त उत्पादन केन्द्रबाट टायल्स् उत्पादन भइरहेको लेमिनारको भनाई छ ।
करिब पाँच सय वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यी टायलहरु चारवटा आकारमा उपलब्ध हुनेछन् । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका रहेको कम्पनीको दावी छ ।