काठमाडौं । मिस ग्राण्ड इन्टरनेशनल २०२४ मा नेपालको सहभागिताले विश्वव्यापी ध्यान खिचिरहेको छ । जसमा प्रेमा लामगाडेले आफ्नो शान र आत्म विश्वासका साथ नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सुन्दरताको अद्वितीय प्रस्तुति गरेकी छन्।
नमुना कलेज अफ फेसन टेक्नोलोजीसँगको सहकार्यमा तयार गरिएको नेपालको राष्ट्रिय पोशाक प्रेमा लामगाडेको प्रस्तुतिमा झल्किएको थियो। यो पोशाकले नेपालको राष्ट्रिय चराचुरुङ्गी लुफोफोरस (डाँफे) र राष्ट्रिय फूल लालीगुराँसलाई सम्मान गर्दै, चम्किलो रंगहरू र प्राकृतिक सौन्दर्यलाई सांस्कृतिक प्रतीकहरूका साथ मिश्रण गरेको छ।
पोशाकमा बग्ने सिल्हौट, नेवारी गहना जडित टाइट बोडिस र चराको उडानको प्रतीक बनाउने फ्लेयर प्यान्टहरू समावेश गरिएको थियो। साथै, विलासी कपडाहरू, हस्तकढाईका डिजाइनहरू र लालीगुराँसका पातबाट बनेको टाउकोको मुकुटले यो पोशाकलाई अझ विशिष्ट बनाएको छ। यसले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरतालाई प्रकट गर्दै प्रेमा लामगाडेको प्रदर्शनलाई विशेष बनाएको छ।
साथै, थाईल्यान्डमा नेपाललाई प्रवर्द्धन गर्नका लागि उमंगा क्रिएशनका निर्देशक उद्धव अधिकारीका अनुसार अन्तर्राष्ट्रिय मिडियासँग मिलेर नेपाललाई मिस ग्राण्ड इन्टरनेशनलको मञ्चमा प्रस्तुत गरिरहेका छन्। उनको यो प्रयासले नेपाललाई विश्व मञ्चमा थप उचाइमा पुर्याएको छ, जसले प्रतियोगितामा नेपालको भूमिका अझ प्रभावकारी बनाएको अधिकारीले बताए ।
२५ अक्टोबर २०२४ आज हुने ग्राण्ड फिनालेमा नेपालले सम्मानजनक स्थान प्राप्त गर्ने आशा राखिएको छ। प्रेमा लामगाडेको उत्कृष्ट प्रदर्शन र सम्पूर्ण टिमको कडा मेहनतले नेपाललाई विश्व मञ्चमा शानका साथ प्रस्तुत गरिरहेको उनले बताए ।