नेपाल एसबिआई मर्चेण्टले प्रहरीहरुलाई दियो शेयर शिक्षा

Advertisement

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीले उक्त कार्यक्रम मकवानपुरको हेटौंडामा सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए । 

Advertisement

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement