यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपियाँ  ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४६ पैसा कायम गरिएको छ । 

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९९ पैसा र बिक्रीदर ८९ रुपियाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९२ पैसा र बिक्रीदर ९७ रुपियाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ११ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपियाँ ८४ पैसा र बिक्रीदर आठ रुपियाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८४ पैसा र बिक्रीदर १८ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ  ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ  २८ पैसा र बिक्रीदर १७ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ६४ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Advertisement

Advertisement