कस्तो रहला आज देशभरको मौसम ?

Advertisement

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशाआसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू-भागका एक-दुई स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

विभागले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ ।

Advertisement

Advertisement