काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा बस्दैछ । सभा बस्ने कम्पनीमा अपि पावर र रु रु जलविद्युत् परियोजना रहेका छन् ।
अपि पावरको २१औं वार्षिक साधारणसभा होटल क्रिस्टल, पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभामा कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गर्नेछ । यसअघि कम्पनीले ९ प्रतिशत बोनस शेयर र ०।४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरे पनि विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।
साथै, गत आर्थिक वर्ष २०८० ८१ को वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने काम सभाले गर्नेछ ।
त्यस्तै, विभिन्न कम्पनीमा लगानी तथा आयोजना निर्माण गर्ने र १ जना महिला र १ स्वतन्त्र समेत गरी ५ जना सञ्चालको नियुक्ति गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा पनि सभाका रहेका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले कात्तिक २ गते बुक क्लोज गरिसकेको छ । कात्तिक १ गतेसम्म कायम शेयरधनी सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
यता, रु रु जलविद्युत परियोजनाको १९औं वार्षिक साधारण लिसारा ब्याङ्केट नक्सालमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
सभामा कम्पनीले शेयरधनीलाई वितरण गर्ने भनिएको १५.७८९ प्रतिशत लाभांश प्रस्ताव सभामा पेश हुनेछ । कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ ।
साथै बोनश शेयरपछि कायम हुने चुक्ता पुँजीको १ः०.८० को अनुपातमा हकप्रद शेयर प्रस्ताव गर्ने निर्णय भएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ११ लाख ७९ हजार ९ सय ६६ रुपियाँ छ ।
सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गरिसकेको छ ।