नेपाली बजारमा जम्दै 'सीएफ मोटो' र 'जिहो' का मोटरसाइक तथा स्कुटर

Advertisement

काठमाडौं । लोकप्रिय चिनियाँ ब्राण्ड सीएफ मोटो र जिहोका मोटरसाइकल तथा स्कुटरहरुले विस्तारै नेपाली बजारमा व्यवसायिक वातावरण बनाउदै गएको छ । नेपाल भित्रिएको छोटो समयमा नै यी ब्राण्डका पेट्रोल भर्जन र विद्युतीय (ईभी) दुईवटै सेग्मेन्टमा व्यापार विस्तार गर्न सफल भएका हुन् । 

नेपालका लागि सीएफ मोटो र जिहो ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सन् २०१८ मा पहिलो पटक नेपालमा सीएअफ मोटोका पेट्रोल भर्जनका मोटरसाइकल भित्र्याएको थियो । यसको करिब ४ वर्षपछि लगत्तै सोही ब्राण्ड अन्तर्गतको जिहो विद्युतीय स्कुटर समेत भित्र्याएको कम्पनीले अहिले दुबै ब्राण्डका मोटरसाइकल तथा स्कुटर एक्कैसाथ बिक्री वितरण गर्दै आइरहेको छ । 

Advertisement

null

सीएफ मोटो अन्तर्गत हाल कम्पनीले २५० एनके, ३०० एनके र ४५० एनकेको साथमा ४५० एमटी आईसीई (पेट्रोल इन्जिन)का चार वटा मोडलका मोटरसाइकलहरुको बिक्री वितरण गर्दै आइरहेको छ । भने, जिहो ईभी सेग्मेन्टमा फेम्ली स्कुटर एई–४ को साथमा एई–६ प्लस र एई–८ उपलब्ध छ ।

जिहो एई–४ ३.० किलोवाट मोटर पावरमा आएको छ भने एई–६ प्लस ५.५ किलोवाट मोटर पवारमा ३.७ किलोवाट डुअल ब्याट्री अप्सनमा रहेको छ । जिहो एई–८ भने ५ किलोवाट मोटर पावरको साथमा १२.५ पिकपावरमा आएको छ ।

null

उसो त कम्पनीले स्पोर्टी र आकर्षक लुक्समा सिंगल सिटे ‘सिटी स्पोर्ट’ जिहो ईभी बाइक समेत बजारमा उपलब्ध गराएको छ । मिड मोटर सिस्टममा उपलब्ध यस बाइकलमा १.८०० किलोवाट पावर रहेको छ भने ३.५०० किलोवाट पिक पावर रहेको छ । ६५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडाउन सकिने यो बाइकको रेन्ज ८० किलोमिटर रहेको छ । यस बाइकको शुरुवाती मूल्य ३ लाख ४९ हजार ९ सय रुपियाँ रहेको कम्पनीका सेल्सम्यान निरज जोशीले बताए ।

कम्पनीले दुई ब्रान्ड सीएफ मोटो र जिहोका उपलब्ध मोटरसाइकल तथा स्कुटरहरुलाई देशव्यापी बिक्री वितरणको कसरत गरिरहेको छ । हाल काठमाडौंको नक्सासँगै ललितपुरको झम्सिखेल र भक्तपुरको सल्लाघारीमा सीएफ र जिहो मोटरसाइकल र स्कुटरको बिक्री केन्द्रहरु रहेका छन् । भने, उपत्यका बाहिर नुवाकोटको त्रिशुली र हेटौंडामा पनि हालसालै डिलर खोलेर सीएफ मोटो र जिहो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ । 

null

दशैंतिहार चाडपर्व विशेष अफर

कम्पनीले सीएफ मोटो र जिहो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा दशै, तिहार तथा छठ पर्व विशेष अवसर प्रदान गरिरहेको छ । यस अफर अन्तर्गत दुवै ब्रान्डका बाइक तथा स्कुटर किन्ने ग्राहकले आकर्षक छुट र थप सुविधा प्राप्त गर्नेछन् । 

सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ । 
जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

null

त्यसैगरी एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ । 

यो अफर गत असोज १ देखि लागू भएकोमा आगामी कात्तिक २५ गते सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। 

थप भिडियोमा हेरौं:

 

 

Advertisement

Advertisement