आईसीसी विश्वकप लिग टु : अमेरिकासँग नेपाल तीन विकेटले पराजित

Advertisement

काठमाडौं । अमेरिकामा भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

टस जितेर ब्याटिङ्गको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाई २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए । उनले ७५ बलमा ८ चौक र ३ छक्काको मद्दतले सो रन बनाएका हुन् । त्यस्तै, अनिल शाहले ५६ रन र आसिफ शेखले ५२ रन बनाएका थिए ।

Advertisement

२८७ रनको लक्ष्य पाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाई २९१ रन बनाएपछि नेपाल तीन विकेटले पराजित भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै, सोमपाल कामीले २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए ।

Advertisement

Advertisement