काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् ।
सोमबार राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले अहिले अख्तियारको कार्यक्षेत्र र कार्यवोझ बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए ।
बडूले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको छ । यतिबेला नै यो महासन्धीलाई देखाएर निजी क्षेत्रमा पनि प्रवेश गर्यौं भने कति असर पर्छ ? प्रवेश गर्दा कहाँ किन आवश्यक पर्यो बाध्यकारी स्पष्ट गरौं । नियमन गर्ने निकाय र व्यवस्था छ तर निजी क्षेत्रमा प्रवेश गर्दा आतंकित छ । त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’
त्यस्तै रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफूहरूले विरोध प्रदर्शन गरेर न्यायपालिकाको काम, कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारिन् । देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक रहेको उनको तर्क छ ।