आउँदो बर्षदेखि त्रिविले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवैमा बनाउने

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ। 

त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको जानकारी दिएको छ । शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय भएको उल्लेख गरेकी छन्।

Advertisement

फेसबुकमा उनले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ। उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि लागू गर्ने निर्णय गरेको छ। हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ ।’

पहिलदेखि नै प्रश्नपत्र दुई भाषामा सोध्न विद्यार्थीहरुले त्रिविसँग माग गर्दै आएका थिए । सोही मागअनुसार यसअघि नै उसले प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको पनि थियो । त्रिविको प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकले यससम्वन्धमा निर्णय गरिसकेको थियो । 

Advertisement

Advertisement