नेप्से उचालिए पनि कारोबार रकम भने घट्यो

Advertisement

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज  भने उचालिएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने ४ अर्बमै सीमित भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.८८ अंकले बढेको छ । ०.९८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६५.८१ अंकमा पुगेको छ । 

Advertisement

बजार उचालिएसँगै सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेको छ ।

आज ३१४ कम्पनीका १ करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६ सय १९.७० रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेको दिन रावा इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८६ प्रतिशतले नाफा कमाएका छन् भने वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज गुडविल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४ सय ६४.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ४७.४४ अंकले बजार घट्दा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२.१२ रुपियाँ र हिजो सोमबार ५७.९९ अंकले बजार घट्दा ५ अर्ब ९० करोड ७ लाख ९१ ह्जार ४४.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 
 

Advertisement

Advertisement