काठमाडौं । मर्जर प्रस्तावसहित समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २३औं वार्षिक साधारणसभा डाकेको छ ।
सभा, मंसिर ६ गते होटेल एभोकाडो अर्किड रिसोर्ट हेटौंडा, मकवानपुरमा बिहान १० बजे बस्नेछ ।
सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहितका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २१ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् ।