काठमाडौं । बेष्ट फाइनान्सको वार्षिक साधारणसभा आजै बस्दै छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ फाइनान्सले कात्तिक २ गते बुक क्लोज गरिसकेको छ । कात्तिक १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।