राजश्व चुहावट नियन्त्रणका लागि अर्थ मन्त्रालयले बनायो संयुक्त रणनीति

Advertisement

काठमाडौँ । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि रणनीति तय गरेको छ । त्यसका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएको जनाइएको छ ।

भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुखसहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ ।  

Advertisement

बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव तीन प्रतिशतले राजस्व वृद्धि भएको छ ।

सरकारले चालु आवमा रु रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख बराबरको राजश्व उठाउने लक्ष्य राखेको छ । त्यसमा कर राजश्व मात्रै रु १२ खर्ब ८४ अर्ब बराबर छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आजसम्म रु दुई खर्ब ७२ अर्ब ८२ करोड बराबर राजस्व सङ्कलन भएको छ । यो कूल लक्ष्यको १९ दशमलव २२ प्रतिशत हो । रासस

Advertisement

Advertisement